काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी पुनःस्थगित भएको छ । एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र अरू पदाधिकारीबीच असहमति भएपछि बैठक स्थगित गरिएको हो । यसअघि सोमबार बस्ने भनिएको उक्त बैठक एन्फा अध्यक्ष नेम्वाङ बिरामी भएको कारण स्थगित भएको थियो ।
एन्फा अध्यक्षले सबैलाई हाजिरी गरेर बैठक सञ्चालन हुने जानकारी दिएसँगै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नगरी अध्यक्ष नेम्वाङले बैठक स्थगित भएको जानकारी गराएका थिए ।
बैठक स्थगित भएपछि कार्यसमितिको पहिलो बैठकले नियुक्त गरेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई विधानविपरीत नियुक्ति गरेको भन्दै तत्काल बरर्खास्त गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजङग शाही र दीपक खतिवडासहित १२ जनाले निवेदन दर्ता गरेका थिए । आजको बैठकले एन्फा प्रवक्ता, प्रमुख कार्यकारी अधिकृत, तीन सहमाहसचिव नियुक्ति एवं महिला साफ च्याम्पियनसिपलगायतको विषयमा निर्णय लिने बताइएको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





