द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित




भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन्।

सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की ६४ वर्षीया उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन्।

जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन्। उनी १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन्।

तेस्रो चरणको मत गणना हुँदा उनले ५० प्रतिशत मत कटाएकी छन्। उनलाई विपक्षी उमेदवार यशवन्त सिन्हाले बधाई दिइसकेका छन्।

विभिन्न दलका ५३८ सांसदले निर्वाचनअघि नै उनलाई समर्थन गरेका थिए। तर, तीमध्ये केहीले मतदान गरेनन्। ८ सांसद राष्ट्रपति निवाचनको मतदानमा सहभागी भएका थिएनन्।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।