नेपाली काँग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित




नेपाली काँग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे चयन भएका छन्।

पार्टीको हिँजो (बिहीबार) बसेको बैठकले पालिखेलाई प्रवक्तामा चयन गरेको सचिव भानु ढकालले जानकारी दिएका छन्।

पार्टी सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको बैठकले पालिखेलाई प्रवक्तामा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो।
गत मंसीरमा सम्पन्न जिल्ला अधिवेशनबाट पालिखे सदस्यमा निर्वाचित भएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।