पोखरा रंगशाला भित्रको मिडिया सेन्टर खेलकुद पत्रकार मञ्चलाई हस्तान्तरण


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित





पोखरा । पोखरा रंगशाला भित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार एक समारोहका बिच उक्त मिडिया सेन्टर संचालन तथा व्यबस्थापनको लागि नेपाल खेलकुद पत्रकार मंच गण्डकीका अध्यक्ष दीननाथ बराललाई मिडिया सेन्टर व्यबस्थापन समितिका अध्यक्ष केशव पाठकले पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा हस्तान्तरण गरेका हुन् ।


मञ्चका अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित हुने गरी हस्तान्तरण भएको उक्त मिडिया सेन्टरका कम्पुटर, ल्याप्टप सहितका जिन्सि सामाग्रिको संरक्षण गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि संचारकर्मीहरुको लागि मिडिया सेन्टर चुस्त दुरुष्त रुपमा बनाउने बताए ।


उक्त मिडिया सेन्टर हस्तान्तरणमा सहयोग पुराउने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ सहितका अन्य खेलकुदकर्मीलाई बिषेश धन्यवाद दिदै मञ्चका अध्यक्ष बरालले मंचका पूर्व अध्यक्ष समेत रहेका पाठकलाई समेत धन्यवाद ज्ञापन गरेका छन्। मिडिया सेन्टरमा रहेका जिन्सि सामाग्रि चुस्त दुरुष्त बनाउदै पोखरा रंगशालामा कुनै पनि जिल्ला तथा प्रदेश, राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगिता हुँदा खुल्ला रहने मञ्चले जनाएको छ ।

उक्त मिडिया सेन्टरमा ११ थान डेल ब्राण्डको कम्युटर, २ थान ल्यापटप, स्टिल दराज इएक थान, १२ थान कम्पुटर टेवल, २ थान कार्यालय टेवल, एक सेट साउण्ड सिस्टम, ठुलो प्रिटर मेसिन एक थान, ६५ इन्चको एक थान टिभि, एक थान प्राजेक्टर लगायतका संचार सामाग्रि रहेको मञ्चका सचिव शशी पौडेलले जनाए ।


मिडिया सेन्टर हस्तान्तरण समारोहमा क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगी, कार्यालयका नासु डिबी नेपाली, इन्जिनियर अनिल अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशि पौडेल, सदस्य शुर्दशन रन्जित, राजु गिरी, नारायण शाही, दीपक मुल्मी लगायतको सहभागिता रहेको थियो ।
मञ्चले गत असार १८ गते पोखरामा छेटौ संस्करणको पोखरा स्पोटर्स अवार्ड सम्पन्न गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।