काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपाललमै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि एन्फाले आज थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
प्रशिक्षक थापाले यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गराइसकेका थिए । त्यस्तै एन्फाले महिला टोलीको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको जनाएको छ । प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता रहनेछ । जसमा आयोजक नेपालसँगै भारत, भुटान, बङ्गालदेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तान रहेका छन् । नेपालले यस अघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





