काठमाण्डौं । पछिल्ला दिन कोभिड– १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । आज दुई हजार ९९६ नमूनाको परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज ८६ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९७१ छ । काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मोरङ र ललितपुरमा २०० बढी सक्रिय सङ्क्रमित छन् ।
सङ्क्रमितमध्ये दुई हजार ८३२ जना ‘होमआइसोलेशन’, १३९ ‘संस्थागत आइसोलेशन’ र २५ जना ‘आइसीयूमा’ उपचाररत छन् ।
मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । आज दुई लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





