कुमार थापा राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षक


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०७९ मा प्रकाशित




अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुमार थापालाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

एन्फाले थापालाई काठमाडौंमै आयोजना हुन लागेको महिला साफ च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

नेपाली राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर थापाले यसअघि सशत्र प्रहरी बल (एपीएफ)मा प्रशिक्षक थिए। आगामी सेप्टेम्बर ६ देखी ९ सम्म हुने प्रतियोगिताका लागि एन्फाले पूर्व महिला खेलाडी संघकी अध्यक्ष बृन्दा देवानलाई टिम व्यवस्थापकको जिम्मेवारी दिएको छ। साथै, एन्फाले बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन गरेको छ। जसमा सबै उपाध्यक्ष र कार्यसमिति सदस्य रहने छन्।

त्यस्तै, रवीन्द्र चन्दलाई ‘भेन्यू’ व्यवस्थापनको जिम्मेवारी दिइएको छ। विजय घलेलाई ‘लोकल जेनेरल कोअर्डिनेटर’ र दिनेश व्यञ्जनकारलाई सुरक्षा प्रमुखको जिम्मेवारी तोकिएको छ। सञ्जीव सिल्पकारलाई मार्केटिङ, ब्रोडकाष्टिङ र डिजिटल राइट्स हेर्ने जिम्मेवारी दिइएको छ।

महिला साफ सुरुमा यसअघि २९ देखी सेप्टेम्बर १० का लागि तय गरिएको थियो। तर, प्रतियोगिताको मिति परिवर्तन गरी ६ सेप्टेम्बर देखी १९ सम्मका लागि तय गरिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।