महिला साफ च्याम्पियनसीप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ रंगशालामा गर्ने निर्णय गरेको हो।
एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रंगशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन्।
एक हप्ता पछि सरेको महिला साफ च्याम्पियनसीप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ। यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसीप नेपालमा गर्ने निर्णय गरेको थियो।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तान सहभागी हुँदैछन्।
नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो। विराटनगरमा भएको साफमा फाइनलमा नेपाल भारतसँग पराजित बनेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





