साफ यु–२० च्याम्पियनसीपः नेपाल र माल्दिभ्स भिड्दै


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित




नेपाली युवा टोलीले आज (सोमबार) साफ यु–२० च्याम्पियनसीपअन्तर्गत पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र माल्दिभ्सबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ।

यसअघि, १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यो प्रतियोगिता यसपटक २० वर्षमुनिको उमेर समूहमा हुन लागेको हो।

नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो। पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो।

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष २ टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।