पोखरा । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीतहरु एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम शुरु भएको छ ।
सोही क्रममा लोकप्रिय कलाकार बसन्त थापा र जीवन सिग्देलको शब्दमा मौलिक तीज गीत ‘त्यो सेरोफेरो माइती घर मेरो’ सार्वजनिक भएको छ ।
हालै सार्वजनिक भएको गीतमा निशा केसी, बिन्दु पौडेल, आवृत्ति भुसाल र बिजय केसीले स्वर भरेका छन् । गीतमा बसन्त थापाको संगित, बिनोद बाजुरालीको संगित संयोजनमा रहेको गीतलाई बसन्त थापाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको म्यूजिक भिडियोमा करिस्मा ढकाल, अस्मिता रनपाल, बिना विश्वकर्मा, लोमस शर्मा लगायतको अभिनय देख्न सकिन्छ । दिलिप हमालले निर्माण गरेको म्यूजिक भिडियोलाई दीपक एम सिंहले कोरियोग्राफी र कुमार केसीले निर्देशन गरेका छन् ।
वर्ष दिनमा आउने तीजमा विवाह गरेर गएकी चेलीलाई माइती लिन जाने परम्परालाई समेटेर तयार पारिएको छ । सोही भावलाई चेलीले माइती घरबाट लिन आउछन् कि आउँदैनन् भन्ने विषयवस्तुमा दिदी,बहिनी र भाइको वार्तालापलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
पछिल्लो समय तीजगीत आधुनिक परिवेशमा हराउँदै गएको अवस्थामा आफुहरूले ‘त्यो सेरोफेरो माइती घर मेरो’ मा दर्शक/श्रोतालाई मौलिकता भित्रपनि फरकपन दिने प्रयास गरेको उनीहरुको दावी छ ।
अष्ट्रेलियालाई कर्म थलो बनाएका गीतका गायक/गायिकाले सार्वजनिक गीतबाट दर्शक/श्रोताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापति पदमा सरोज…






