एमाले नेता तोरणबहादुर केसी नेकपा एसमा प्रवेश


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा एमाले कास्कीका नेता तोरणबहादुर केसी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमालेका पूर्व कास्की जिल्ला कमिटी सदस्य केसी सोमबार एमाले प्रवेश गरेका हुन् । उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार अवीर लगाएर पार्टी प्रवेश गराए ।

नेकपा एस निकट पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा सोमबार पोखरा सभागृहमा भएको कार्यक्रममा आयोजित ‘क.पुष्पलालको योगदान, वर्तमान नेपालको राजनीतिक अवस्था र समाजवादी कार्यदिशा’ विषयक विचार गोष्ठी कार्यक्रममा अध्यक्ष नेपालले केसीलाई पार्टीमा स्वागत गरेका हुन् ।

केसीलाई एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य बनाउने आश्वासन दिएको सो पार्टी निकट श्रोतले बतायो । केसीसहित सोमबार एमाले, कांग्रेसलगायत छाडेर ९७ जना नेकपा एसमा प्रवेश गरेका छन् । उनीहरु सबैलाई अध्यक्ष नेपालले अवीर र खादा लगाएर पार्टीमा स्वागत गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।