इन्सेकको समन्वयमा अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह समन्वय समिती गठन


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित




पोखरा । अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह समन्वय समिती साउन ९ गते गठन गरिएको छ ।
मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यन्वयनका लागि गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीको संयोजकत्वमा २२ सदस्यीय स्थानीय तह समन्वय समिति गठन गरिएको हो।
कार्यक्रम प्रमुख अतिथी जिल्ला समन्वय समिति उपप्रमुख सरिता कुमालले महिला तथा बालबालिकाका सवालमा स्थानीय तहले बनाउने नीति कार्यक्रमहरु केन्द्रित हुन आवश्यक रहेको बताइन् ।
स्थानीय तह समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीले कास्की जिल्लामा पहिलो पटक समन्वय समिती गठन गरिएको भन्दै कार्यन्वयनमा पनि पहिलो बन्ने प्रतिबद्धता व्यक्त गरे ।

उहाँले मानव अधिकार प्रती पुर्ण बफादार रहेको भन्दै पालिकाको नीति कार्यक्रम मार्फत यसको संरक्षण, प्रबर्द्धन गरिने
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले कार्ययोजनालाई लक्षीत गरेर कार्यक्रम तय गर्ने त्यसको अनुगमन प्रभावकारी ढंगले अगाडी बढाईने बताइन् ।
प्रदेश बाल समन्वय अधिकारी बद्री वाग्लेले करिब २ बर्ष बितिसक्दा स्थानीय तह समन्वय समिती गठन हुन नसक्नुले मानवअधिकारको सवालमा कति गम्भीर छौं भन्ने प्रष्ट भएको बताइन् ।
काम भएपनि त्यसलाई अभिलेखिकरण गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा इन्सेक कार्यक्रम अधिकृत सबनम शर्माले मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तह समन्वय समितिको कामहरुको बारेमा जानकारी गराएकि थिइन् ।
मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समितिको पछिल्लो बैठकले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई कास्की जिल्लाका स्थानीय तहमा स्थानीय तह समन्वय समिति गठन र अभिमुखीकरणको जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।
स्थानीय तह समन्वय समितिमा गाउँपालिका अध्यक्ष संयोजक, प्रशासकिय अधिकृत सदस्य सचिव रहने गरी गाउँपालिका उपाध्यक्ष, वडाअध्यक्ष, विषयतग शाखा प्रमुख, स्थानीय तह सुरक्षा प्रमुख र अध्यक्षले तोकेको एकजना महिला सहित ३ जना नागरिक समाजको प्रतिनिधी सदस्य रहने व्यबस्था रहेको छ ।
अन्नपूर्ण गाउँपालिकामा २३ सदस्यीय समिति गठन गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।