पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
कुश्मा नगरपालिका–५ बडागाउँमा बिहान सवा ११ बजे ग १ ज ७८५१ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरीले जनाएको छ।
जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप बडागाउँस्थित सशस्त्र प्रहरी बलको गण नजिकैको सडकबाट फुत्किएर नालीमा धसारिएको हो।
दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका छन्। दुर्घटना परी घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
चालक ४० वर्षीय ओमसेन ठकुरी सहितका ३ जना भने सकुशल छन्। जिप धनीसमेत रहेका ठकुरी आफूहरूको नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धानको क्रममा ब्रेक फेल भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







