मनाङ । हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाइँदै छ । सो गाउँपालिकामा लघु जलविद्युत् र सौर्य ऊर्जा ९सोलार० का माध्यमबाट इन्टरनेटको पहुँच पु¥याउने उद्देश्यले योजना निर्धारण गरिएको छ ।
नार, फु र मेतामा रहेको लघुजलविद्युत् तथा सौर्य ऊर्जाको भरमा गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । नार्पाभूमिमा हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् जडान भने भएको छैन । पालिकावासीलाई सहज र छिटो सूचना प्रवाह गर्न सञ्चारमैत्री बनाउने योजना बजेट तथा कार्यक्रममा नै समावेश गरी अगाडि बढेको छ ।
तिब्बत्को सिमानासँग जोडिएको पालिकालाई सञ्चारमैत्री बनाएर सूचना प्रचारप्रसार गर्न योजनामा राखिएको नार्पाभूमिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिए । मोबाइलको नेटवर्कको समस्या भएकाले सूचना प्रवाहका लागि सहज बनाउन वाइफाइको नेटवर्कको उपयोगमार्फत सूचना प्रवाह गर्ने लामाले बताए ।
गाउँपालिकाको भवनका साथै पालिकाका पाँचवटै वडामा एकैसाथ डिजिटल डिस्प्लेबाट सूचना प्रवाह गर्ने व्यवस्था गर्न लागिएको उनले बताए । गाउँसभा र गाउँ कार्यपालिकाका सबै निर्णय डिजिटल डिस्प्लेमा प्रसारण गरिने उनले बताए । गाउँपालिकाको भवनमा डिजिटल डिस्प्ले जडानका लागि रु छ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।
गाउँसभाबाट पालिकालाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउन आवश्यक विभिन्न अतिरिक्त सामग्री खरिद गर्न रु ८५ हजार र सूचना प्रविधि शाखा विविध व्यवस्थापनका लागि रु एक लाख २५ हजार विनियोजन गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







