इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा प्रवेश गरेको छ।
गएराति ब्रामलमा भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो।
इङ्ल्यान्डको जितमा बेथ मिड, लुसी ब्रोन्जे, एलेसिया रुसो र फ्रान क्रिवेले १/१ गोल गरे। अब, उपाधिका लागि इङ्ल्यान्डले दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
स्विडेन सन् १९८४ को च्याम्पियन हो भने इङ्ल्यान्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन। इङ्ल्यान्डले समूह चरणको खेलमा नर्वेलाई ८–० गोलले हराएको थियो।
क्वाटरफाइनलमा इङ्ल्यान्डले स्पेनलाई हराएको थियो। स्विडेनले क्वाटरफाइनलमा बेल्जियमलाई इन्जुरी समयमा हराउँदै सेमिफाइनलमा पुगेको हो।
अर्को सेमिफाइनलमा आज फ्रान्स र जर्मनी खेल्दैछन्। फाइनल खेल जुलाई ३१ मा हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






