साफ यु–२० च्याम्पियनसिप : नेपाल–श्रीलंकाको खेल आज


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित




साफ यु–२० च्याम्पियनसीपको दोस्रो खेलमा नेपालले आज (बुधबार) श्रीलंकासँग खेल्दैछ।

भारतको भुवनेश्वरमा सोमबारदेखि सुरु भएको च्याम्पियनसीपको पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोलको जित निकालेको नेपाली युवा टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ।

आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी च्याम्पियनसीपमा नेपालले तेस्रो खेल आइतबार भारतसँग र चौथो खेल आउने मंगलबार बंगलादेशसँग खेल्नेछ। राउन्ड रोबिन लिगमा आधारमा खेलाइएको च्याम्पियनसीपको शीर्ष २ टोलीबीच साउन २० गते उपाधि भिडन्त हुनेछ।

साफ यु–२० च्याम्पियनसीप पहिलो पटक आयोजना भएको हो। साफले यस च्याम्पियनसीपलाई एएफसी यु–२० एसियन कप छनोट फुटबलको तयारी प्रतियोगिताको रुपमा पनि लिएको छ।

नेपाल एसियन कप छनोटको समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बङ्गलादेश छन् । छनोट खेल सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ। समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।