जापान सरकारले सन् २००८ मा राजधानी टोक्योमा छुरा प्रहार गरेर र ट्रकले किचेर ७ जनाको ज्यान लिने एकजना ३९ वर्षीय पुरुषलाई मृत्युदण्ड दिएको छ।
ती तोमोहिरो कातोले गरेको हत्या जापानको पछिल्लो इतिहासमा भएका सबैभन्दा भयावह अपराधमध्ये एक भएको बताइएको छ।
२५ वर्षको उमेरमा उनले बटुवाहरूको भिडमा जथाभाबी ढंगले ट्रक चलाएर ३ जनाको ज्यान लिएका थिए। त्यसलगत्तै धारिलो हतियार प्रयोग गरी उनले अन्य ४ जनाको ज्यान लिनुका साथै थप ८ जनालाई घाइते बनाएका थिए।
उनलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको थियो। अदालतमा मुद्दाको सुनवाइको दौरान अपराध स्वीकार्दै उनले अनलाइनमार्फत आफूलाई दिइने गरेको मानसिक यातनाका कारण आफू आक्रोशित र विक्षिप्त भएको बताएका थिए।
यस हत्याकाण्डले जापानी समाजमा बारम्बार घट्ने हत्याकाण्ड, अनलाइनको प्रभाव र सरकारले युवा जगतलाई मानसिक स्वास्थ्यमा सहयोग गर्न नसकेको विषयमा विवाद चर्काएको थियो। यस घटनापछि जापान सरकारले साथमा छुरा बोक्ने कानुन पनि कडा बनाएको थियो।
कातोलाई टोक्यो हिरासत केन्द्रमा फाँसी दिइएको हो। सन् २०१५ मा उनले मृत्युदण्डबाट बच्न गरेको अपिल अदालतले अस्वीकार गरेको थियो। एक धनी परिवारमा जन्मेका तथा एक प्रतिष्ठित विद्यालयबाट स्नातक गरेका उनी विश्वविद्यालयको प्रवेश परीक्षामा असफल भएका थिए।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






