प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ।
झडपमा परेर १५ जनाले ज्यान गुमाएका छन्। ५० जना घाइते भएको समाचारहरुमा जनाइएको छ।
गोमा सहरमा ५ जना र बुटेम्बो सहरमा १० जनाले ज्यान गुमाएको समाचारहरुमा उल्लेख छ।
कंगोमा संयुक्त राष्ट्र संघ संगठन मिसनको विरुद्धमा असन्तुष्टि जनाउँदै प्रदर्शन भइरहेको छ।
प्रदर्शनका क्रममा यातायात अवरुद्ध पारेको र आगजनी समेतका घटना भएपछि हस्तक्षेप गरेको कंगो प्रहरीले जनाएको छ।
अलजजिरा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






