फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्बीर

फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा आज बिहान शक्तिशाली ७.१ म्यानिट्यूडको भूकम्प गएको छ।

भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस गरिएको थियो।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु फिलिपिनी शहर डोलोरेसभन्दा ११ किलोमिटर दक्षिणपूर्वतर्फ रहेको छ भने गहिराई १० किलोमिटर रहेको छ।

भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार आएको छैन। भूकम्पका कारण सुनामी आउनसक्ने भन्दै सतर्क रहन भने आग्रह गरिएको छ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।