एसईईको परीक्षाफल सार्वजनिक


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित




फाइल तस्बीर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्ष एसईई को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको बुधबार बसेको बैठकले कक्षा १० को माध्यमिक परीक्षा एसईई को सार्वजनिक गरेको हो ।

गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सामेल भएका थिए ।

बोर्डले कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेपनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।