पोखराका बिश्वमोहन अधिकारी नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिमा नियुक्त


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल व्यवस्थापन संघको २० औं प्रबन्ध समितिको सदस्यमा पोखराका विश्वमोहन अधिकारी नियुक्त भएका छन् । उनलाई नेपाल सरकार, मन्त्री परिषद्को बैठकले नेपाल व्यवस्थापन संघको विधान २०३५ को दफा २० बमोजिम २ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक हुन् । यस अघि उनी पोखराबाट स्थापित तथा संचालित ओम डेभलभपमेन्ट बैंकका सिईओ थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।