प्रहरीद्वारा पोखरामा ८ टन गाँजा फडानी


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित




पोखरा । सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीले पोखरा वडा नं. २१ को द्वार र ३३ को ठुलढुङ्गा परिसरमा गाँजा फडानी गरेको छ । प्रहरी, संघसंस्था तथा स्थानीयद्वारा बुधबार गरिएको उक्त दुई स्थानबाट ८ टन गाँजा फडानी गरिएको हो ।

सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्कीको प्राविधिक सहयोगमा भएको फडानी कार्यमा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्की,वडा कार्यालय ३३, वडा प्रहरी कार्यालय बैदाम, नेपाल प्रहरी प्रदेश कार्यलय लागु औषध नियन्त्रण संस्था, स्थानिय, टोलसुधार समिति, अमा समुह, युवा क्लव, स्थानिय संघसंस्था र प्रहरी कर्मचारी तगाएतको सहभागितामा करिब ८ टन गाँजा फडानी गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।