गण्डकी प्रदेशका केही स्थानहरुमा आज दिउँसो भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको १÷२ स्थानमा भारी वर्षाको संभावना रहेको छ।
हाल, गण्डकी प्रदेश अन्तर्गत गोरखाको बारपाक र लमजुङको कुन्छामा सबैभन्दा बढी वर्षा भएको छ। गोरखाको बारपाकमा
एक घण्टाअघि मापन गरिए अनुसार त्यहाँ १८ दशमलव ६ मिलि लिटर पानी परेको जनाइएको छ।
त्यस्तै, लमजुङको कुन्छामा एक घण्टाअघिको मापनमा १४ दशमलव ४ मिलिलिटर पानी परेको जनाइएको छ।
पोखरा आसपासको क्षेत्रमा भने सबैभन्दा बढी कास्कीको जुम्लेटी क्षेत्रमा वर्षा भएको छ।
गत २४ घण्टामा जुम्लेटीमा ११२ दशमल ५ मिलिलिटर पानी परेको जनाइएको छ।
हिँजो (बुधबार) पोखरामा २८ दशमलव ९ मिलि लिटर पानी परेको थियो।
गत एक घण्टाभित्रको रेकर्डमा देशको कलैया र महोत्तरीमा सबैभन्दा बढी वर्षा भएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ।
पहाडी खहरे खोला तथा ठूला नदिहरुमा बहाव बढ्न सक्ने संभावना रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






