बिरामी महिलाको निशुल्क हवाई उद्धार


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित




पेटमै बच्चा मरेपछि सुत्केरी हुन नसकेपछि महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ ।

मंगलसेन नगरपालिका–११ जुपु निवासी ३० वर्षीया सीता रावलको जिल्लामा उपचार हुन नसकेपछि निःशुल्क हवाइ उद्धार गरेर सुर्खेत लगिएको हो ।

आठ महिनाकी गर्भवती सीताको पेटमै बच्चा मरेको चार दिनपछि उनको उद्धार गरिएको हो ।

‘एक हप्तादेखि बच्चा नचलेको रहेछ, मरेको बच्चा निकाल्न प्रयास भयो, नसकिएपछि रेफर गरिएको हो’, अछाम अस्पतालका डा. अतुल भारद्वाजले जानकारी दिएका छन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट सीतालाई उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । जिल्ला अस्पताल अछामबाट सीतालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।

गत आर्थिक वर्षमा अछामबाट १३ जना गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।