अन्तरिक्ष ज्याकेट २८ लाख डलरमा लिलाम


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित




चन्द्रमाका अन्तरिक्ष यात्राको दौरान बज एल्ड्रिनले लगाएको अन्तरिक्ष ज्याकेट अमेरिकाको न्युयोर्कमा २८ लाख अमेरिकी डलरमा लिलाम भएको छ ।

एपोल्लो ११ को कमान्ड मोड्युल कोलम्बियाको अन्तरिक्ष यानमा बसेर चन्द्रमामा जाँदा एल्ड्रिनले लगाएको सेतो ज्याकेटमा अमेरिकी झण्डा र नासाको लोगो छ ।

हाल ९२ वर्ष उमेर पुगेको उनले बिक्रीकामा राख्नका लागि बनाएका आफ्ना ६९ वटा निजी सामानका सूचीमध्ये यो ज्याकेट पनि एक हो । सोडविज लिलाम गृहले लिलाम गरेको यो ज्याकेट अहिलेसम्म लिलाम भएका अमेरिकी अन्तरिक्ष कलाकृतिमध्ये सबैभन्दा मूल्यवान मानिएको छ ।

पूर्व अन्तरिक्षयात्री एल्ड्रिनले सन् १९६९ मा चन्द्रयात्रा गरेका थिए । त्यतिबेला उनलाई यात्रामा साथ दिने अन्य दुई अन्तरिक्ष यात्रीको निधन भइसकेको छ । उनले सो यात्राको क्रममा छ दिन अन्तरिक्षमा बिताएका थिए । अन्तरिक्ष यान भित्र यही ज्याकेट लगाएका उनले चन्द्रमाको सतहमा टेक्न मात्र यो ज्याकेट फुकालेर वैज्ञानिक ढंगले तयार पारिएको अर्को विशेष पोशाक लगाएका थिए ।

त्यतिबेला उनीहरूको चन्द्र यात्रालाई विश्वभरिका करिब ६५ करोड मानिसले टेलिभिजनमा हेरेका थिए । चन्द्रमामा २१ घन्टा भन्दा लामो समय बिताइसकेकपछि एपोलो मिसनमा फर्केका उनी र अर्का अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले यानभित्र फेरि यही ज्याकेट लगाएका थिए । आगोले छुन नसक्ने बेटा ’कपडा’ नामक पदार्थले बनेको यस ज्याकेटमा टेफ्लोनले मोडिएको छ ।
लिलामीमा राखिएको सन् १९६९ को अन्तरिक्ष मिसनसँग जोडिएको यो पहिलो वस्तु हो ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।