चीनको एउटा छ तले अर्पाटमेन्टबाट खसेकी बच्चीलाई भुँइमा बजारिन नपाउँदै च्याप्प समातेर ज्यान जोगाउने झेजियाङ प्रान्तका एकजना पुरुष अहिले भाइरल बनेका छन् ।
उक्त साहसिक एवं स¥हानीय कार्यको भिडियो सार्वजनिक हुनासाथ उनी भाइरल भएका हुन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाङले शुक्रबार ट्विटरमा अपलोड गरेको सीसीटीभी फुटेजमा १९ जुलाईमा बाटोमा उभिएर फोनमा कुरा गरिरहेका उनी अनियन्त्रित गतिमा दौडँदै भवनसामु पुगेर माथि हेरेको र लगत्तै खस्दै गरेकी बच्चीलाई दुवै हातले समाएको देखिन्छन् ।
उक्त फुटेजमा तीन वर्षिया बच्ची अचानक झ्यालबाट चिप्लिएर खसेको देखिन्छ ।
तोंगसियाङ सेकेन्ड पिपुल्स हस्पिटलमा उपचारपछि ती फुच्चीलाई डिस्चार्ज गरिएको छ ।
ती पुरुषले चिनियाँ सञ्चार माध्यमलाई अचानक अपार्टमेन्टको माथिल्लो भागबाट केही आवाज आएको सुनेको र माथिबाट बच्ची खस्दै गरेको देखेको तथा समयमै बच्चीलाई समाउन सकेकोमा आफूलाई भाग्यमानी ठानेको बताएका छन् ।
झाओ लगायत चिनियाँ सामाजिक सञ्जाल वाइवोका प्रयोगकर्ताहरूले उनलाई ‘हिरो’को संज्ञा दिएका छन् ।
भिडियोमा हेर्नुहोस : चमत्कारी क्षण
नेक्स्ट सार्कबाट साभार ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






