गठबन्धनको विकल्प खोजिदैनः अध्यक्ष दाहाल


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष, नेकपा माओवादी केन्द्र

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएका हो ।

उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताएका थिए । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण नेकपा ९एमाले०सँग गठबन्धन हुने ‘च्याप्टर क्जोज’ भएको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भने, “हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनाँै, यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ ।” बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको साङ्गठनिक जीवन एवं अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवद्र्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताएका थिए। नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रबार बिहान बस्ने गरी स्थगन भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।