मणिपालमा हेपाटाइटिसविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित




पोखरा । बिहिवार जुलाई २८ तारिख अर्थात हेपाटाइटिस विरुद्धको अन्तर्राष्ट्रिय दिवस पोखरामा मनाइएको छ । मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले जनचेतनामूलक कार्यक्रम गरि दिवस मनाएका हुन् ।
नेपालमा पनि हरेक वर्ष आजको दिन विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै यो दिवस मनाइँदै आएको छ। विश्व स्वास्थ्य संगठनले यो वर्षको हेपाटाइटिसविरुद्धको दिवसका लागि I Can’t wait अर्थात ‘अब, म पर्खिन्न’ भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको छ।
हेपाटाइटिसले “लिन्छ ज्यान, आफू पनि बचौं, अरुलाई पनि जोगाऔं “ भन्ने अभियानका साथ दिवस मनाईएको मणिपाल अस्पतालमा कार्यरत डाक्टर सुवास भट्टराईले बताए । डा.भट्टराई भन्छन् ,गाउँघरमा हामीले जसरी एचआइभी सर्छ भन्ने सुनेका छौं, त्यसरी नै हेपाटाइटिस बि र सि सर्छन् । असुरक्षित यौन सम्पर्क, रगत र यी रोग लागेका मानिसले प्रयोग गरेका औजारहरु प्रयोग गर्दा, सुईहरु प्रयोग गर्दा हेपाटाइटिस बि र सि सर्छन् ।” उनी थप्छन् ,”यसो भन्दैमा सँगै सुत्दैमा, चुम्बन गर्दैमा, जुठो खाँदैमा, लुगा साटेर लाउँदैमा हेपाटाइटिस बि र सि सर्दैनन् । आमामा हेपाटाइटिस छ भने उनले बच्चालाई सार्न सक्छिन्, त्यो पनि जन्म दिने बेलामा । जन्म दिने बेलामा यदि बच्चालाई यस सम्बन्धी इन्जेक्सन दिएको छ भने नसर्न पनि सक्छ ।यसका बिरामिहरु धेरै बर्ष सम्म पनि नर्मल देखिन सक्छन् । रोगको प्रारम्भिक अवस्थामा केही लक्षण पनि नदेखिन सक्छन् ।


डा.भट्टराईको सुझाब छ, अब यो हप्ता रगत जाच्दै हुनु हुन्छ , भने यो पनि जाच्नु होला । हेपाटाइटिस बि नदेखिए भ्याक्सिन लगाइ ढुक्क हुनु होला।हेपाटाइटिस बि ट्रिटएबल छ । हेपाटाइटिस सि चांहि क्युरेबल छ ।रगतमा हेपाटाइटिस जाच्दा बल्ल यो देखिन सक्छ। यो टेस्ट धेरै जसो अप्रेसन अघि , बच्चा पाउँदा महिलाले , ब्लड डोनेसन गर्दा र हिजो आज वैदेशिक रोजगार मा जाने बेला मा जाच्ने गर्दा येस्का बिरामीहरु पनि नेपाल मा धेरै रहेको बुझ्न आएको छ। अरु बेला रगत मा सुगर, युरिक एसिड, अन्य जाच्दा यो हेपाटाइटिस छुट्टै जाच्नु पर्ने हुन्छ। छिप्पिदै गयो भने उसलाई जन्डिस देखा पर्न सक्छ । १५, २० वर्ष भएपछि बिरामीमा सिरोसिसका लक्षण देखिन थाल्छन् । यसको सुरुआती कमजोरी महसुस हुने, छिटै थकाइ लाग्ने, खान मन नलाग्ने, हातखुटा गलेर आउने हुन सक्छ । कतिपय अवस्थामा सिरोसिसको औषधीबाटै पूर्ण उपचार नहुन सक्छ । कलेजो प्रत्यारोपणको बाहेक अन्य कुनै विकल्प रहदैन ।” डा. भट्टराईको कथन छ ।

विश्व हेपाटाइटिस अलाइन्सले १८ मे मा विश्व हेपाटाइटिस मनाउने निर्णय गरेता पनि सन् २०१० मे महिनामा विश्व स्वास्थ्य महासभाको ६३ औँ बैठकले २८ जुलाई हेपाटाइटिस ‘बी’ का खोजकर्ता डा। बारुच ब्लुमबर्गको जन्म दिवसमा विश्व हेपाटाइटिस दिवस मनाउने निर्णय गरेसँगै यो दिवस आधिकारिक रूपमा मनाउन लागिएको हो। नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो।
हेपाटाइटिस ‘ए’ देखी ‘इ’ सम्म गरी ५ प्रकारका हुन्छन्। तुलनात्मक रूपमा हेपाटाइटिस ‘बि’ र हेपाटाइटिस ‘सी’ बढी घातक हुन्छ। नेपालको कुल जनसंख्याको ०।९ प्रतिशत करिब २ लाख ५० हजार मानिसहरूमा हेपाटाइटिस ‘बी’ र लगभग १ लाख ३० हजार मानिसमा हेपाटाइटिस ‘सी’ अनुमान गरिएको छ।
विश्वमा प्रत्येक एक सेकेन्डमा एक व्यक्तिको हेपाटाइटिसबाट मृत्यु हुने गरेको तथ्यांकहरुले देखाएको छ। हरेक वर्ष १० लाख ४० हजार बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ। त्यसमध्य हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ बाट ९० प्रतिशतको मृत्यु हुन्छ। जबकि बाँकी १० प्रतिशत अन्य हेपाटाइटिस भाइरसका कारण हुन्छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।