बाबुराम भट्टराईले गरे नयाँ पार्टी दर्ता


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । निर्वाचन आयोगमा डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गराएका छन् ।

केही दिन पहिले जनता समाजवादी पाटी (जसपा)बाट निष्कासित नेता डा. भट्टराईले बिहीबार नयाँ पार्टी दर्ता गराएका हुन् ।

भट्टराईले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरेको जसपाका पूर्व केन्द्रीय सदस्य तथा उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । उनको नयाँ पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।