चलचित्र ‘प्रकाश’ को प्रचार गर्दै निर्माण यूनिट पोखरामा


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित




पोखरा । प्रर्दनको तयारीमा रहेको नेपाली चलचित्र प्रकाशको निर्माण यूनिट प्रचारका लागि पोखरा आइपुगेको छ ।

बिहीबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण यूनिटले चलचित्रमा समाजको यथार्थप्रदक कथालाई समेटिएको निर्माण यूनिटले जनाएको छ ।

चलचित्र प्रकाशमा समाजको यथार्थप्रदक कथा भएको यसका नायक प्रदीप खड्काले बताए । उनले चलचित्र प्रकाशले आफूलाई कलाकार बनाएको पनि बताए । चलचित्रमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘चलचित्र प्रकाश समाजको यथार्थ प्रदक कथा हो । यो फिल्ममा मुख्य भूमिकामा आफुले अभिनय गर्न पाउँदा खुशी लागेको छ ।’ उनले चलचित्र जुम्लामा छायाँकन गरिएको भएपनि नेपालका हरेक ठाउँको समस्यालाई कथामा दर्शाउन खोजिएको उनले दावी गरे । चलचित्रमा जुम्लाको एक गरिब परिवारको सदस्यले आफ्नो सपना पुरा गर्न गर्नुपरेका विविध संघर्षको कथालाई प्रस्तुत गर्न खोजिएको उनले भनाई छ ।

नायिका दिया मास्केले कुनै पनि सक्सेस पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने सन्देश आफ्नो भूमिका मार्फत प्रस्तुत गर्न खोजिएको बताइन् । उनले पोखरा आफ्नो घर भएकाले पनि पोखराबाट माया मिल्नेमा आशावादी रहेको बताइन् ।

चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन । यसअघि ‘प्रसाद’ को निर्देशन गरेका निर्देशक राउतले लामो समयपछि निर्देशन गरेको बताए । लामो समय राम्रो कथाको खोजीमा रहेका उनले चाहे जस्तो कथा ‘प्रकाश’ मा पाएपछि निर्देशनका लागि तयार भएको उनले पत्रकार सम्मेलनमा भने ।

पत्रकारिता हुँदै चलचित्र लेखनमा प्रवेश गरेका लेखक विकास सुवेदीले पत्रकारिता गर्दा समाजमा थुप्रै समस्या देखेको र सोहि समस्यालाई लिएर चलचित्रमा उतारेको बताए । उनले चलचित्र एक गरिब परिवारमा जन्मेको व्यक्तिले शिक्षक बन्न गर्नुपरेको संघर्षलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको जानकारी दिए ।

उनले ‘प्रकाश’ सबैको कथा भएको उल्लेख गरे । जीवन संघर्षको पहाड भएको विषयलाई समेत चलचित्रले प्रष्ट पार्न खोजेको उनले प्रस्ट पारे ।

भदौ १० बाट प्रदर्शनमा आउने तयारी रहेको चलचित्र बिनिस इन्टरटेन्मेन्ट ब्यानरमा करिव २ करोडको लागतमा निर्माण भएको हो । चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडा लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्र महेन्द्र अधिकारीले निर्माण बनाएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।