आज जुलाई २९ तारिक अर्थात अनतर्राष्ट्रिय बाघ दिवस ।
हरेक वर्षको जुलाई २९ तारिकका दिन बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले बाघ दिवस मनाइन्छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको थियो । तत्कालीन बेलामा मञ्चले पहिलो विश्व बाघ सम्मेलन गरेको थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लाडिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो ।
त्यसयता हरेक वर्ष जुलाई २९ तारिकका दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाइँदै आएको छ । यस दिन बाघको संरक्षणार्थ उनीहरूको मुद्दा उठाउनुका साथै बाघको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ¥हासबारे जनचेतना वृद्धि, र बाघ संरक्षणमा भए, गरेका प्रयासहरूबारे चर्चा गरिन्छ ।
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। सन् २०२२ भित्र बाघको संख्या दोब्बर पु¥याउने प्रतिबद्धता नेपालले सन् २०१० मा जनाएको थियो। त्यतिबेला नेपालमा १ सय २१ बाघ थिए ।
१२१ को दोब्बर २ सय ४२ हुने भए पनि सरकारले २ सय ५० लाई दोब्बर मानेको छ । यसअनुसार नेपाल लक्ष्य नजिक पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
नेपालसँगै १३ मुलुकले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । नेपालसँगै भारत, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी…





