सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले मुटुरोगी जमुना मुड्करीलाई २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाका संस्थापक अध्यक्ष लोकबहादुर थापाको स्मृतिमा स्थापना गरिएको कोषमार्फत वर्षेनी सामाजिक सेवा कार्यहरु गरिदै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आर्थिक कारोबार र रेडियो सराङकोट प्रशारण गरिदै आएको छ । पोखरा ८ फिर्के राधाकृष्ण मन्दिरमा बस्दै दैनिक ज्यालामजदुरी गर्दै आएकी मुड्करी केही वर्षदेखि मुटु फोक्सो रोगको कारण पीडित रहँदै आएकी थिइन् ।
केही दिन अघि स्थानीयद्वारा राहत उठाई हाल मणिपाल अस्पताल पोखराको मेडिकल वार्डमा उपचार गराउँदै आएकी मुड्करीलाई सहयोग गरिदिन संस्थाका पूर्व अध्यक्ष प्रेमबहादुर जिसीले अनुरोध गरेका छन् । राहत सहयोग वितरण गर्दै सहकारी प्रशिक्षक भिम गुरुङले सहकारीमार्फत सामाजिक कार्यहरु हुनु महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष राममणि पौडेल, सहकारी व्यवस्थापक क्लवका पूर्व अध्यक्ष मिलन ढकाल, कोषका सदस्य श्यामकृष्ण थापा, महिला समिति सदस्य राधिका थापा, व्यवस्थापक सुरेन्द्र थापा, रेडियो सराङकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठलगायतले मुड्करीको स्वास्थ्य लाभको कामना सहित सहयोगका लागि अपिल गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







