रुससँग कैदी साट्ने योजनामा अमेरिका


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित




रुसबाट आफ्ना २ जना नागरिकलाई हिरासतमुक्त गरी स्वदेश फर्काउन अमेरिकाले एक वृहत प्रस्ताव अघि सारेको एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफूले आगामी साता रुसी समकक्षीसँगको टेलिफोन वार्तामा यो विषय उठाउने जानकारी दिएका छन् ।

अमेरिकी सञ्चार माध्यमकाअनुसार मस्को हातहतियार ओसारप्रसारकर्ताको अभियोग लगाइएका रुसी नागरिक भिक्टोर बाउटसँग अमेरिकी बास्केटबल खेलाडी ब्रिटनी ग्रिनरसँग साँट्न चाहन्छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस विषयमा वार्ता हुँदै गरेको पुष्टि गरेपनि अझैसम्म कुनै पनि सहमति भइनसकेको जनाएका छन् ।

त्यसैगरी, ब्लिन्केनले आफ्ना रुसी समकक्षी लाभ्रोभसँग टेलिफोनवार्ता गर्ने उल्लेख गरेपनि रुसी विदेश मन्त्रालयका प्रवक्ताले भने आफूहरूलाई वार्ताबारे कुनै जानकारी नरहेको तास समाचार एजेन्सीलाई बताएका छन् ।

युक्रेन युद्ध सुरु भएयता ब्लिन्केन र लाभ्रोभबीच कुनै पनि वार्ता भएको छैन । अमेरिकी ह्वाइट हाउस र विदेश विभाग दुवैले प्रस्तावित सम्झौताको विस्तृत विवरण सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।