द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित




पोखरा । नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ ।

महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके (भाञ्जा)को एरेञ्ज तथा पवन रानाभाटको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा महेश त्रिपाठी, अलका सुवेदी, अर्जुन आचार्यलगायतका कलाकारको अभिनय छ । मानव सुवेदी निर्देशित भिडियोमा सौगात धितालको छायाङ्कन तथा रेनिश फागोको सम्पादन र रंग संयोजन छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।