‘सुपर डान्सर नेपाल’ भुषण दाहालले निर्देशन गर्ने


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित




पोखरा । टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ लाई चर्चित टेलिभिजनकर्मी भुषण दाहालले निर्देशन गर्ने भएका छन् ।

भारतको चर्चित टेलिभिजन रियालिटी शो ’सुपर डान्सर’को आधिकारिक नेपाली भर्सनका रुपमा प्रशारणमा आउन लागेको ‘सुपर डान्सर नेपाल’को दाहालले निर्देशन गर्ने शो का लागि नेपालको अधिकारिक निर्माण इजाजत प्राप्त कम्पनी ए डी रिलिजले जनाएको छ ।

कार्यक्रमका निर्णायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिन आयोजना गरिको कार्यक्रममा आयोजकले पहिलो पटक यस्तो खुलासा गरेको हो ।

पहिलो पटक रियालिटी शो मा निर्देशकको रुपमा जोडिएका दाहाले उक्त शो लाई एक्सन कट मात्र नभई शो मा रहेका हरेक विधाका अन्य साथीहरुविच एउटा संयोजकको रुपमा आफूले काम गर्ने बताए । उनले भने, ‘मुख्यत् म टेलिभिजनकर्मी हु, अन्य विधामा समेत म काम गर्छु तर मेरो दायरा टिभी हो, त्यसैले यो दायरा भित्र आएको कुनै पनि अवसर अनि च्यालेन्जलाई म स्वीकार्छु र यसलाई म लिने प्रयास गर्छु साथै यो च्यालेन्ज मध्यको एक च्यालेन्ज सुपर डान्सर नेपालको निर्देशकको रुपमा पाएको छु, अहिले सम्म कुनै रियालिटी शो मैले गरेको थिइन् र यो अवसर पाउदा मलाई आनन्द लाग्यो म यो स्वीकार्छु’’ ।

कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष भुवन केसीले नेपाली चलचित्र उद्योगको विकासका लागि सबैलाई साथमै लिएर काम गर्ने बताए । उनले हालै नेपालमा भित्रिएको नयाँ शोलाई लिएर निकै उत्साहित भएको बताए ।

सोनी टिभी इण्डियाको फेन्चाइज शो ’सुपर डान्सर नेपाल’ यही साउन अन्तिम सातादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारणको तयारीमा रहेको शो का प्रोजेक्ट हेड सशांक पोखरेलले जानकारी दिए ।

चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा भुवन केसी संगै अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई छन् ।

काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज लगायतका ठाउँहरुमा शो का लागि फिजिकल अडिसन र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँमा भएका प्रतिभा सहभागी गराउने उद्देश्यले डिजिटल अडिसन सम्पन्न भइसकेको छ ।
कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कबिता नेपाली रहने छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।