प्युठान । प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको जीप दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ ।
स्वर्गद्वारी दर्शन गरेर फर्कदै गरेका यात्रु बोकेको लु ३ च ३५३ नम्वरको जीप स्वर्गद्वारी नगरपालिका ४ मा शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका – ३ की गुडिया ठाकुरको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए । घाइते १५ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ ।
जीपमा रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्री सवार रहेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





