पोखरा । गण्डकी प्रदेश मामिला समितिका सभापति तथा प्रदेश सांसद खिमविक्रम शाहीले खेलले व्यक्तिलाई स्वस्थ्य जीवन मात्रै होईन व्यक्तित्व र नेतृत्व विकासमा पनि महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।

अञ्जुली तेक्वान्दो दोजाङको पिटी परिक्षा तथा शुभारम्भ कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् । विगतका समयमा यस क्षेत्रमा सरकारले चासो नदिएको भएतापनि अव भने खेल तथा खेलाडीहरुका लागि सरकारले पर्याप्त पुर्वाधार विकासका योजनाहरु बनाएको बताए ।

युवाहरुलाई नकरात्मक कार्यबाट जोगाउन उत्तम विकल्प नै खेलक्षेत्र भएकोले प्रत्यक अभिभावकहरुले आफ्ना सन्तानहरुलाई त्यसतर्फ उत्प्रेरित गर्न आग्रह गरे ।
त्यसैगरि नेपाल आईटिएफ तेक्वान्दो महासंघका सदस्य तथा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष घम बहादुर थापाले समाज र देशको लागि खेलकुदमै जीवन ब्यतित गरेका खेलाडीहरुको लागि सरकारका तिनै तहले उचित सेवासुविधा तथा ब्यवस्थापन नगरेको उनले गुनासो गरे ।
उनले स्थानिय स्तरबाटै खेलाडी उत्पादनका लागि सरकारले त्यस किसिमको वाताबरण सिर्जना सरकारलाई आग्रह गरे । साथै उनले गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षको हैसियतले प्रदेश भित्रका खेलाडीहरुप्रति सधै अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले आफुले करिब ३० बर्ष यता खेल क्षेत्रमै बिताएको हुनाले मानसम्मान तथा आत्मसन्तुष्टि समेत प्राप्त भएको अनुभव सुनाए ।
त्यसैगरि कार्यक्रममा कास्की जिम्नाष्टिक संघका सहसचिव तथा एनप्याब्सन कास्कीका कोषाध्यक्ष राजु केसिले खेल र शिक्षा क्षेत्र एक अर्काको परिपुरक भएकोले जिल्ला भित्रका प्रत्यक विद्यालयहरुमा खेललाई समावेश गरेर लैजान आश्वयक रहेको बताए ।
कार्यक्रममा कास्की जील्ला खेलकुद विकास समितीका कार्यलय प्रमुख प्रकाश बराल, गण्डकी प्रदेश तेक्वान्दो संघका सदस्य सुरज सुनार, गण्डकी प्रदेश तेक्वान्दो संघका सदस्य तथा तनहुँ आईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष आकाशचन्द्र घर्तीमगर, गण्डकी प्रदेश तेक्वान्दो संघका सदस्य तथा तनहुँ आईटिएफ तेक्वान्दो संघका जिल्ला उपाध्यक्ष उत्तम थापामगर,जागृति युवा क्लवका अध्यक्ष उदय सुनार,पुर्व आईटिएफ तेक्वान्दो खेलाडी सुमिन परियार,गणेश सुनार,टिटस मल्ल,राष्ट्रिय खेलाडी मिथुन घर्तीमगर,शुष्मिता थापामगर,विन्देश्वरी आईटिएफ तेक्वान्दो संघका प्रमुख हेमेन्द्र खड्का लगाएतको उपस्थिती रहेको थियो ।

साथै पाँचौ जिल्ला अधिवेशन तथा बार्षिक साधारण सभाबाट सुरज सुनारको अध्यक्षतामा नयाँ समिती चयन गरिएको छ जसको उपाध्यक्षमा विकी सुनार,सचिवमा हेविन्द्र खड्का, कोषाध्यक्षमा स्नेह गुरुङ चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा उदय सुनार,प्रमित भुजेल,शुष्मिता थापामगर,निकिता तामाङ चयन भएका छन् ।
साथै भेलाको पहिलो बैठकबाट उपाध्यक्षमा विशाल बुढामगर,सदस्यहरुमा मनिष रेश्मीमगर,विराट कुमाल,टिटस मल्ल चयन गरिएको छ । साथै पिटी प्रशिक्षकको मुख्य प्रशिक्षकका रुपमा विक्रम सुनार रहेका थिए भने प्रतियोगिता प्रमुखका रुपमा दिक्पाल बुढामगर तथा प्रमुख रेफ्रिको भुमिकामा प्रविण बुढामगर रहेका थिए ।अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङका मुख्य प्रशिक्षक विशाल बुढामगरको सभापतित्वमा भएको कार्यक्रम विन्देश्वरी आईटिएफ तेक्वान्दो संघका प्रमुख हेमेन्द्र खड्काको स्वागत मन्त्व्य तथा कविता घर्तीमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







