युआरएल स्याङ्जाले जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कार्यरत ट्राफिक प्रहरीको सित्तैमा मधुमेह परीक्षण गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख मीनबहादुर क्षेत्रीसहित त्यहाँ कार्यरत सबै ट्राफिकको मधुमेह जाँच गरिएको युआरएल स्याङ्जाका ल्याब इन्चार्ज भूपेन्द्र रेग्मीले जानकारी दिएका छन्।
युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक, चाउथे र शिशुवाबाट सेवा दिइरहेको छ।
युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गर्दै आएको छ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे। युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







