साफ च्याम्पियनसीप महिला फुटबलमा नेपाल सहज समूहमा


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित




घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप फुटबलमा नेपाल सहज समूहमा परेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह ‘बी’ मा रहेको हो। यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् ।

यस्तै,, समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

२१ भदौदेखि ३ असोजमा दशरथ रंगशालामा हुने प्रतियोगितामा ७ देशको सहभागिता रहनेछ ।

साफ च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।

छैटौं संस्करणको आयोजक नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान छन्। नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित हासिल गरेको छ ।

विराटनगरमा भएको गत संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । हालसम्म ५ संस्करणमध्य नेपाल ४ पटक फाइनलमा भारतसँग पराजित भएको छ। सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।