पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५, फलेपाटनस्थित सिद्ध माविले एसइइ परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँले विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै वडाको एक मात्र सार्वजनिक विद्यालय सिद्ध मावि भएकोले यसको भौतिक, आर्थिक र शैक्षिक विकास तथा उन्नयनमा वडाले कुनै कसर बाँकी नराख्ने बताए ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर आलेले विद्यार्थीलाई बधाई दिँदै विद्यार्थीको शैक्षिक प्रगतिका लागि विद्यालय व्यवस्थापनले गर्नुपर्ने कार्यहरु चुस्त दुरुस्त गर्ने भन्दै विद्यार्थीलाई अन्त मन नडुलाउन आग्रह गरे । अबको लक्ष्य भनेको भविष्यको गोरेटो पहिचान गर्ने भएकाले गहन सोचका साथ अध्ययनमा तन, मन र धन लगाई अध्ययन गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रधानाध्यापक गुरुदत्त कोइरालाले एसइइ नतिजाबारे जानकारी तथा शुभकामना मन्तव्य, विव्यस सदस्य नारायणी गिरीले स्वागत मन्तव्य, विव्यस सदस्य पुष्कर सारु मगर, अभिभावकद्वय शालिकराम तिमिल्सिना, त्रिवेणी पौडेल, विद्यार्थीका तर्फबाट मेनुका जुग्जालीले मन्तव्य राखेका थिए ।
विद्यालय समितिका अध्यक्ष गणेशबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक जुना थापाले गरेकी थिइन् । विद्यालयबाट यस वर्ष ५७ जनाले एसइइ दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







