इरानमा बाढी : ५९ जनाको मृत्यु, ३० बेपत्ता


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित




अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी इरानका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् ।

रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, ५ सय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् ।

हालसम्म १ हजार ३ सय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, ५ हजार २ सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, ९ सय ४४ जनालाई उद्धार गरिएको छ ।

राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घ सङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् ।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।