विपद् व्यवस्थापन सहयोग सामग्री हस्तान्तरण


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित





बनेपा । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकालाई विपद्मा पर्ने नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले विपद् व्यवस्थापन सहयोग सामग्री उपलब्ध गराइएको छ । नेपाली कांगे्रस भुम्लु गाउँपालिका इकाई समिति, नेपाल विद्यार्थी सङ्घ काभ्रेपलाञ्चोक र तरुण दल काभ्रेपलाञ्चोकले गाउँपालिकालाई संयुक्त रुपमा जस्तापाता र त्रिपाल उपलब्ध गराएको हो । अविरल वर्षाका कारण भुम्लु गाउँपालिकाको विभिन्न स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेर नागरिकलाई समस्या भएपछि गाउँपालिकामाफर्त नागरिकलाई सहयोग गर्न सो सामग्री उपलब्ध गराएको हो ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले विपद्बाट समस्यामा परेका नागरिकलाई सहयोगको लागि उपलब्ध गराइएको सामग्रीले पालिकालाई समेत ठूलो हौसला मिलेको बताए । गाउँपालिकालाई उपलब्ध गराएको सामग्रीमा १५ बण्डल जस्तापाता र ८ थान त्रिपाल रहेको छ । भुम्लु गाउँपालिकाको सापिङ, चौवास, सिमथली र खेबसिम्ले लगायतको ठाउँमा अविरल वर्षाका कारण पहिरो गएपछि करिब २४ घर परिवारलाई स्थान्तरण नै गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ ।

पहिरोका कारण अति समस्यामा रहेको सापिङका महतबस्तीका नागरिकको अस्थायी व्यवस्थापनको लागि गाउँपालिकाले पनि आवश्यक जस्तापाता खरिद गरेर अस्थायी बासस्थान निर्माणको काम गरिरहेको र अन्य ठाउँमा पनि क्रमशः व्यवस्थापन गर्दै जाने पालिका अध्यक्ष भुजेलले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।