अविरल वर्षाका कारण बाटो (सडक)हरु अवरुद्ध


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित




अविरल वर्षाका कारण कास्कीको विभिन्न ठाउँहरुमा बाटो (सडक) हरु भासिन गई आवागमन अवरुद्ध बनेकोा छ।

कास्कीको रुपा गाउँपालिका गैरीपोखरीस्थित बेगनास हुँदै लमजुङ भोर्लेटार जाने पक्की भित्री सडकखण्ड सोमबार बेलुकी ६ बजेतिर भासिन गई आवागमन अवरुद्ध बनेको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त सडक खण्डमा अन्दाजी २५ मिटर लम्बाई सडक अन्दाजी १.५ फिट तल भासिन जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पोखरा–२९ लेखनाथको घोतघोतेस्थित पृथ्वीराजमार्गमा वर्षाको कारण सोमबार राती १० बजेदेखि नहरको पानी ओभर फ्लो भई पानी सडकमा जाँदा सवारी साधन फस्ने, दुर्घटना हुने भएको कारण पावरहाउस र ताल चोकबाट डाईभर्सन गरी सवारी आगामन खुलेको कास्की प्रहरीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।