पहिरोले गोरखा–आँबुखैरनी सडकखण्ड अवरुद्ध


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित




गोरखा । लगातारको वर्षाका कारण गएको पहिरोले आज मध्यान्हदेखि गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गोरखा नगरपालिका–१४ स्थित तीनकिलो नजिकै घुम्तीमा माथिबाट सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए

। पहिरोसँगै ठूलो रुखसमेत खस्ने अवस्थामा रहेकाले पन्छ्याउन जोखिम रहेको खनालले जानकारी दिए । गत वर्ष पनि सोही ठाउँमा पहिरो खस्ने गरेको थियो ।

पहिरोका कारण गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधान रोकिएको खनालले बताए।

अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा काम भइरहेको उनको भनाइ छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।