मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।
मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्रीसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको हिजो पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीनजनामा कोभिड सङ्क्रमण देखिएको हो ।
पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ ।
उनीहरु सबै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्री राईले भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गर्नुभएको जानकारी दिइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







