पोखरा । विश्व स्तनपान दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको जोन्टा क्लव अफ पोखराको आयोजनामा मंगलबार लेकसाइडस्थित तालबाराही माविमा स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जोन्टा क्लवले समय सान्दर्भिक कार्य गरेको भन्दै अभियानको प्रसंसा गर्नुभयो । वडा भवन निर्माणको चरणमा रहेको जानकारी दिंदै अब बन्ने भवनमा सुरक्षित स्तनपानका लागि छुट्टै कक्षको निर्माण गरिने बताए ।
कार्यक्रममा स्त्री तथा प्रसुती बरिष्ठ रोग विशेषज्ञ डा.चन्द्रिका पण्डितले महिलाले सुत्केरी हुनुपुर्व र भएपछि गर्नुपर्ने शारीरिक अभ्यासका बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै, आहार तथा पोषण परामर्कदाता विद्या रघुनादन कायस्थले सुत्केरी महिला र नवजात शिशुलाई दिनुपर्ने सन्तुलित भोजनका विषयमा प्रकाश पारेका थिए । फिजियोथेरापी शुभा कोईरालाले गर्भवती र सुत्केरी अवस्थामा महिलाले गर्नु पर्ने व्यायामका विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले नवजात शिशुलाई आमाको दुध सवैभन्दा ठूलो पोषण भएको उल्लेख गरिन् । उनले क्लवका गतिविधीबारे अवगत गराउँदै व्यवसायिक महिलाहरुको पैरवी र सेवाको माध्यमबाट विश्वभरिका महिलाहरुको सशक्तिकरण गर्ने क्लवको उद्येश्य रहेको प्रष्ट पारे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







