साउन मसान्तसम्म कक्षा–११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित




राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ ।

बोर्डले एक सूचना जारी गर्दै एसईईको नतिजा साउन–११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक÷फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको हो ।

बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।