वडाको कठिन भुगोलमा वडाबाट जनतालाई पायक पर्ने ठाउँबाट सेवा


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित




म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जनतालाई पायक पर्ने ठाउँबाट सेवा दिन थालेर उदाहरणीय कामको सुरुआत गरेका छन् ।

कठिन भूगोल, तल्लो र उपल्लो खण्डमा विभाजित गरेर उनले सेवा दिन थालेका हुन् । २ नं वडाको तल्लो भेगका जनतालाई वडामा सेवा लिन जाँदा दिनभरि लाग्छ, जनताको सहजताका लागि यो कार्यको सुरुआत गरिएको वडाध्यक्ष कार्कीले बताए ।

साबिकको ज्यामरुककोट गाविस–१ बगरफाँट र ८ र ९ बाहेक अन्य बस्तीका आवश्यक सेवालाई समेत उक्त दिन सदरमुकामबाटै प्रदान गरिने उनको भनाइ छ ।

तत्काल सरकारी कागजातको सुरक्षा र सेवा प्रवाहमा समेत सहज हुने गरी सदरमुकामबाट सेवा दिइए पनि निकट भविष्यमा वडाका सबै बस्तीलाई पायक पर्ने गरी संरचना बनाएर सेवा दिने वडाले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।