राअविको कामलाई प्रभावकारी बनाउन सांसदको सुझाव


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित





काठमाडौँ । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफल शुरु भएको छ । सो छलफलमा भाग लिँदै विधायकहरुले राष्ट्रिय अनुसन्धान विभागको कार्यक्षेत्र र जिम्मेवारीको पाटोलाई ख्याल गरी त्यहाँ कार्यरत जनशक्तिले गोपनीयता कायम गर्नुपर्ने पक्षमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

विभागलाई प्रभावकारी तुल्याउन गृह मन्त्रालय मातहत राख्न विधायकहरुले सो अवसरमा सुझाव दिएका छन । समिति सदस्य गगनकुमार थापाले विभिन्न सुरक्षा निकायमध्ये राष्ट्रिय अनुसन्धान विभाग मात्रै गृहबाट झिकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत राख्ने कुराको औचित्य पुष्टि हुन नसक्ने धारणा राखे । सदस्य लालबाबु पण्डितले राज्यका महत्वपूर्ण सुरक्षा जिम्मेवारीमा रहेको विभागमा कसैको आदेश र निर्देशनमा कर्मचारी भर्ना गर्ने गलत प्रवृत्तिलाई रोकी विज्ञताका आधारमा नियुक्ति र जिम्मेवारी दिनुपर्छ भने ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रियहित र राष्ट्रिय स्वाधीनताको संरक्षण एवं सम्वद्र्धन तथा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सघाउ पु¥याइ सर्वसाधारणको हित कायम गर्ने सन्दर्भमा विभागले सूचना सङ्कलन, विश्लेषण गरी सरकारलाई राय सुझाव दिँदैआएको छ । केहीवर्ष अघि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदमातहत राख्ने निर्णय गरेसँगै उक्त निर्णयप्रति विभिन्न कोणबाट टिक्काटिप्पणी हँुदैआएको थियो ।

विधेयकमाथिका संशोधनकर्ताले विभागलाई सूचना सङ्कलन गर्ने मात्र जिम्मेवारीमा नराखी अपराध अनुसन्धनको पाटोमासमेत काम गर्ने गरी कार्यक्षेत्र विस्तार गर्न आवश्यक रहेको सुझाव दिए । विधेयकमा सूचना सङ्कलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, सङ्घ संस्थाबाट सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय सङ्केत वा विवरणलाई निगरानी, अनुगमन तथा अभिलेख गर्न सक्नेसम्बन्धी विशेष व्यवस्था प्रस्ताव गरिएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।