दक्षिणी इजिप्टको सोहाग प्रान्तको मरुभूमि सडकमा माइक्रो बस र ट्रक ठोक्किँदा मङ्गलबार अबेर राति भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।
घटनास्थलमा पन्ध्रवटा एम्बुलेन्सहरू घाइतेहरूलाई सोहाग पब्लिक अस्पतालमा लैजानका लागि पुगेका सोहागका गभर्नर तारेक अल–फिकीले सिन्ह्वालाई बताए ।
प्रारम्भिक अनुसन्धानमा माइक्रोबस चालकले विपरित तर्फबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर ठक्कर दिन खोज्दा तीब्र गतिका कारण दुर्घटना भएको हो उनले थप जानकारी दिए ।
कमजोर सडक पूर्वाधार र ढिलो रूपमा लागू गरिएको ट्राफिक नियमहरूको कारण इजिप्टमा सडक दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ ।
पछिल्ला केही वर्षहरूमा, इजिप्टले आफ्नो सडक सञ्जाललाई स्तरोन्नति गरिरहेको छ, नयाँ सडक र पुलहरू निर्माण गरिरहेको छ, र ट्राफिक दुर्घटनाहरू कम गर्न पुरानाहरू मर्मत गरिरहेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







